माधव नेपालकाे नयाँ शर्तः नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने

निकासखबर संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने शर्त  राखेका छन् । नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भएकाे भेटवार्तामा उनले पाेखरेलसँग नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्ने शर्त राखेका हुन् ।

नेपाल सँग भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भएकाे नेपाल  निकट स्रोतले बतायाे । स्राेतले माधवनेपालले नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्न तयार रहेको बतायाे । सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार नेकपा विघटन भएर दुई पार्टी पहिल्यैकै रुपमा फर्केका थिए ।

त्यसपछि नेकपा एमालेबाट अलग भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।

मा प्रकाशित