प्रदेश खबर

मोरङमा पाँच केजी गाँजासहित चार जना पक्राउ 
निकासखबर संवाददाता

मोरङ । बेलबारी नगरपालिका–४ बेतना सिमसारबाट पाँच केजी गाँजासहित चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–१ बस्ने १९ वर्षीय गोबिन्द बिक, १९ वर्षीय मुस्कान राई, धनकुटा आखिसल्ला घर भएका ३३ वर्षीय केशरमान राई र धनकुटा महाभारत घर भएका २८ वर्षीय मनोज राई रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले गोबिन्द र मुस्कानलाई करिब १ केजी गाँजासहित पक्राउ गरेको थियो ।  यस्तै, को.२ ह ३२१५ नम्बरको अटोमा सवार अटोचालक केशरमान र मनोजलाई ४ केजी गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नारी दिवसबारे महिलाहरू नै अनभिज्ञ
निकासखबर संवाददाता

सप्तरी । ‘सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नाराका साथ यस वर्ष ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ। नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको दशकौं भयो। महिलाको अधिकार, महिला अधिकार रक्षा र महिलाले आफ्नो समस्या राख्ने र अधिकार माग्ने थालेको रूपमा महिला दिवस मनाइँदै आए पनि ग्रामीण भेगका महिला यसबाट अनभिज्ञ छन्। सप्तरी छिन्नमस्ता गाउँपालिका ललापट्टीकी ८० वर्षिया फुलिया देवी यादवले महिला दिवसको विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताइन्।उनले भनिन्, ‘गाउँमा यस विषयमा कुरा गरेर हामीलाई जानकारी गराए पो थाहा हुन्छ । सधैं चुलाचौका र खेतीपातीको काममा व्यस्त हुँदाहुँदै जीवन सकिन लागेको छ।’ राजविराज नगरपालिका–१ कि…

नागरिक आवास कार्यक्रममा कार्यकर्ता र पहुंचवालाको हालीमुहाली
निकासखबर संवाददाता

खोटाङ । खोटाङमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनोटमा मनपरी भएको छ। फुसको वा कच्ची छानालाई हटाएर जस्तापाताको छाना लगाउन सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रममा मनपरी भएको हो। २०७७ मंसिर ९ गते सुरक्षित नागरिक आवास कार्यक्रम संयोजक विशाल भट्टराईको अध्यक्षतामा जिल्ला समन्वय समितिमा बसेको बैठकले आर्थिक वर्ष २०७७र०७८ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग वसोवास गरेको र प्राकृतिक विपत्तीमा परेका घरमूलीलाई जस्तापाता वितरणमा प्राथमिकता दिने निर्णय गरेको थियो । तर, उनिहरुले नै जस्तापाता पाएका छैनन् । हुनेखाने र पहुंचवालाको हाली मुहाली देखिएको छ। दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१० पाथेकामा वास्तविक लाभग्राहीले जस्तापाता नै पाउन…

एमसीसीका कारण गठबन्धन भत्किएर नयाँ सरकार बन्छः एमाले नेता पाण्डे
निकासखबर संवाददाता

धनगढी  । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको जालमा राखेकोले यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने उनको भनाइ थियो । उनले एमसीसी फिर्ता भए अन्तर्राष्ट्रिय सहयोग रोकिने र देशमा चरम आर्थिक संकट आउने बताए । त्यसैपनि नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले एमसीसी फिर्ता भए देशमा ठूलो आर्थिक संकट आउन सक्ने…

मधेश माओवादीले भन्योः डलर होइन, स्वाभिमान रोजौँ
निकासखबर संवाददाता

महोत्तरी । माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्तविरोध गर्ने निर्णय गरेको हो । बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसद्‍बाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ुएमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनविना समर्थन र संसद्‍बाट पास गर्न सकिँदैन…