प्रदेश खबर

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र
निकासखबर संवाददाता

बाग्लुङ, १० चैत, २०७९ । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन । निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन् । अस्पताल निर्माणका लागि विसं २०७७ असार २० गते ज्ञान ज्योति÷कुँवर आयोजना जेभीले १३ करोड लागतमा निर्माणको…

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गर्याे आन्दाेलनकाे घाेषणा
निकासखबर संवाददाता

काठमाडौं ।   कोशी प्रदेशको नामकरण खारेजीमा माग राख्दै आएको ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आन्दोलन बढाउँदै जाने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको मृत्यु भएपछि समितिले आन्दोलनका कार्यक्रम बढाउने निणर्य गरेको हो । समितिका अनुसार कोशी नाम खारेजीको आन्दोलनमा प्रहरीको कुटाइबाट लिम्बूको मृत्यु भएको विरुद्धमा आज विभिन्न विरोधका कार्यक्रम हुनेछन् । आजै साँझ ५ देखि ६ बजेसम्म विरोध सभा र शनिबार १ देखि २ बजेसम्म चक्का जाम गर्ने समितिले जनाएको छ । आफूहरुको माग पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलनका…

पहिचान सिहतको प्रदेश नामाकरण हुनुपर्ने मागसहित भएको आन्दोलनका घाइते लिम्बूको निधन
निकासखबर संवाददाता

विराटनगर । कोशी प्रदेशको नामकरणविरुद्ध गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो । आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए । मोरङको लालभित्ती घर भएका उनी धरान १५ मा बस्दै आएका थिए । टाउकोको देब्रे पट्टी ब्रेनमा खुन जमेपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भनेका थिए । तर, बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने…

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ
निकासखबर संवाददाता

विराटनगर । कोशी प्रदेशका मोरङ र झापा जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साह, धरान-१६ का २१ बर्षीय मोहन श्रेष्ठ, तेह्रथुमकाकाे लालिगुराँस नगरपालिका-७ २८ बर्षीय राजेन्द्र भण्डारी, जाझापाकाे कमल गाउँपालिका-७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागो र भारतिय नागरीक ३४ बर्षीय ताहिर हुसेन रहेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट विराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साहलाई ब्राउनसुगर सहित…

छुवाछुत विरुद्धको राष्ट्रिय दिवस मनाउने सरकारलाई दलितहरुले दिए धन्यबाद
निकासखबर संवाददाता

विराटनग । जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै दलितहरुले बर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका छन । ५८ औ अन्तराष्टिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरिय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी दलितहरुले जेठ २१ गतेलाई छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका हुन । दलित अधिकारकर्मी उमेश विश्वकर्माले अन्तिरम संसदले पहिलो पल्ट देशलाई छुवाछुत मुक्त्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउने वर्तमान सरकारको निर्णय स्वागत योग्य रहेको बताए । उनले हावा , पानी देखी चरा…