प्रदेश खबर

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द
निकासखबर संवाददाता

बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो ।   हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, “यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको छ ।” यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ । यात्रु अभाव हुन थालेपछि…

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
निकासखबर संवाददाता

मकवानपुर । भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँटास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन् । सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन् । करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधार गृहमा अहिले ६८ बालक आश्रित छन् । सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई त्यहाँ राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिए । हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ । “सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म…

मौलिकता संरक्षणसँगै स्वरोजगार
निकासखबर संवाददाता

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन् । बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका–८ का अमर विश्वकर्मा र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जनका साथै मौलिकता संरक्षणमा परिचालन गरेका हुन् । घर, भवन, मन्दिर, गुम्बा, सङ्ग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा…

आफू स्वस्थ हुन आफ्नो ठाउँ आफै सफा गर्नुपर्नेः श्रेष्ठ
निकासखबर संवाददाता

भक्तपुर । आफ्नो ठाउँ आफैले सफा गरे मात्र आफू स्वस्थ हुने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ खड्का डिल देखि मनोहरा स्कुल सम्म सफाइ कार्यक्रममा उनले आफ्नो ठाउँ आफै सफा नगरे कहिले पनि सफा नहुने बताएका हुन् । उनले आफ्नो ठाउँ आफैले सफा नगर्ने हो भने आफैलाई रोगले समात्ने बताउँदै उहाँले हामी आफै मिले आफ्नो टोल छिमेक सफा हुने बताए । मनोहरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य श्रेष्ठले मरेका जीव जन्तुहरू तथा घर बाट…

बागमतीमा जम्कट्टेलले पाए विश्वासको मत
निकासखबर संवाददाता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमा भएको भोटिङमा ९१ मत पाउँदै जम्कट्टेलले विश्वासको मत पाएका हुन् । कुल ९१ सांसद उपस्थित रहेकामा १७ सांसदले भने उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । त्यस्तै ७ सांसद तटस्थ बसेका थिए । बागमतीमा ११० सदस्यीय प्रदेशसभा छ ।