अर्थ–बित्त
हाथवेको आईपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौं, १ असोज २०८० ।हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको कम्पनीको आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुनेछ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन…
एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं, २७ भदौ २०८० ।एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २७ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
नेप्से सुचक ३९ अंकले बढ्यो
काठमाडौं, २७ भदौ २०८० ।यस साताको अन्तिम तथा चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से सुचक बढेको छ । साताको शरुवाती दिन आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से मंगलबार १९ अंकले घटेको थियो । आज नेप्से सुचक ३९।.अंकले बढेर २ हजार २.०६ को बिन्दुमा बन्द भएको हो । आज २७५ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५।७७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुनेमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ…
दोहोरो अंकले घट्यो सेयर बजार सुचक, १९१ कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौ, २६ भदौ २०८० ।मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से आज १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ ५७ बिन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको सेयर मूल्यमा कमी आउँदा ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर भाउ स्थिर रहेको छ । आज शुभम पावरको सेयर मुल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावर लिमिटेडको शेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । आज…
४४ अंकले बढ्यो सेयर बजार, २१२ कम्पनीको सेयर मूल्य बढ्दा ११ को घट्यो
काठमाडौं, १५ भदौ २०८० ।सोमबार सेयर बजार सुचक (नेप्से) ४४ अंकले बढेको छ । आज नेप्से सुचक ४४.३०अंकले बढेर १ हजार ९ सय ८६.९९ बिन्दुमा बन्द भएको हो । यसअघि आइतबार नेप्से सुचक १० अंकले बढेको थियो । आज २७८ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपैयाँको कारोबार भएको छ । सोमबार बैंकिङ २४, विकास बैंक ८६, फाइनान्स ६०, होटल तथा पर्यटन १८६, जलविद्युत ५८, जीवन बीमा ३०४, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा २९७, अन्य १९ र व्यापार उपसमूह १०७ अंक बढेका छन् । आज थ्रिस्टार हाइड्रोपावरको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।…