अर्थ–बित्त

सिटिजन्स बैंकको साधारण सभा असोज २६ मा
काठमाडौं, ५ असोज २०८० ।

सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले राजधानीको कालिकास्थानमा साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेको बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

१४.२ केजीभन्दा बढी तौलको ग्यास सिलिण्डर प्रयोग नगर्न निगमको आग्रह
काठमाडौं, ४ असोज २०८० ।

नेपाल आयल निगमले १४.२ केजी बढी क्षमताका सिलिण्डर प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता सिलिण्डर प्रयोग गर्नु गैरकानुनी भएको भन्दै आमउपभोक्तालाई निगमले एक सुचनामार्फत अनुरोध गरेको छ । त्यस्तै ग्यास भरी बिक्री वितरण गरेमा कारवाही गर्ने चेतावनी समेत निगमले दिएको छ । ग्यास उद्योगहरुले १४.२ केजी क्षमताभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डरमा एलपी ग्यास बिक्री वितरण गरेको पाइएको भन्दै निगमले उक्त विक्री वितरण कार्य तुरुन्त बन्द गर्न भनेको हो । निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।

सेयर बजारमा उत्साह, ४४ अंकले बजार बढ्दा सबा ३ अर्बको कारोबार
काठमाडौं, ४ असोज २०८० ।

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४४.३४ अंकले बढेर २ हजार २९.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता खरिदा बिक्रीबाट ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख, तथा शिवम सिमेन्टको १० करोड ५२ लाखको कारोबार भएको छ ।

आजको विनिमयदर, कुन मुद्राको मुल्य कति ?
काठमाडौं, ३ असोज २०८० ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ…

फेरि बढ्यो ब्रोइलर कुखुराको मासुको मुल्य
काठमाडौं, ३ असोज २०८० ।

ब्रोइलर कुखुराको मासुको मुल्य फेरि बढ्ने भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ । बैठकले जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो । अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम भएको छ । भदौ २५ मा कुखराको एक किलोको मूल्य २६० रुपैयाँ रहेको थियो । भदौ २७ मा फेरि प्रतिकिलो १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेको थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ थप बढाएको हो । यसरी, जिउँदो कुखुराको मूल्य बढेसँगै…