अर्थ–बित्त

सार्वजनिक यातायातको भाडादर आफै बढाउने यातायात व्यवसायीको चेतावनी
निकासखबर संवाददाताकाठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन् । सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको महासंघका महासचिव सरोज सिटौलाले बताए । आइतबार महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताए । उनले महासंघको बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा…

देशभित्र ‘एमसीसी’ विवादित हुँदा वैदेशिक सहायतामा पर्यो असर
निकासखबर संवाददाताकाठमाडौं । देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ । देशका प्रमुख राजनीतिक दलहरु एमसीसी सहयोग लिने वा नलिने भन्नेमा लामो समयदेखि विवाद गरिरहँदा नेपाल भित्रने वैदेशिक सहायता प्रतिवद्धतामा ठूलो गिरावट आएको हो । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा नेपालले मात्र १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सुरुवाती ६ महिनामा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिवद्धता ४०.९…

मुक्तिनाथ बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा पैसा नलाग्ने
निकासखबर संवाददाताकाठमाडौं | मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटिएम सेवा सुरु गरेको हो । योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तरगतको बैंकको एटिएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ । बैंकले यस्तो सुविधा समय अनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा विशेष छुट पाउने
निकासखबर संवाददाताकाठमाडौं | महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा. लि. सँग सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बैंकले अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका सेवाग्रहीहरुलाई स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत अस्पतालको बिल भुक्तानी गर्ने ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा ,भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त…

सिटिजन्स बैंकले सुरु गर्यो कार्डलेस् विड्र सेवा
निकासखबर संवाददाताकाठमाडौं | सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि विधिवत् रूपमा कार्डलेस क्यास विड्र सेवाको शुभारंभ गरेको हो । योसँगै अब बैंकका सेवाग्राहीले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड मार्फत सजिलै एटीएम्बाट पैसा निकाल्न सक्नेछन् । यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ । शुक्रबार एक समारोहकाबीच कार्डलेस विड्र सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।…