अर्थ–बित्त

बाँसबारी जग्गा घोटाला प्रकरणः चौधरीसहित तीन जना रिहा
निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।  उनीहरूलाई सीआईबीको हिरासतमा राखिएकाे थियाे । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९६० बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नेसम्मको अवस्था नदेखिएको पनि ठहर थियो । जग्गा हिनामिना गरेको…

व्यवसायीहरूको समस्या समाधानमा पहल गर्नेछु : राष्ट्रपति पौडेल
निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै बुधबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीको समस्याप्रति आफू गम्भिर रहेको पनि बताए । अब चाँडै नै व्यवसायीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरुले उठाएका मागहरु जायज भएको भन्दै यसको समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘तपाईंहरुले उठाएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्वपूर्ण छ, तपाईंको समस्याको समाधान…

भ्रष्टाचार सूचकांकमा नेपाल दुई स्थान माथि उक्लियाे
निकासखबर संवाददाता

काठमाडौं, १६ माघ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको छ । गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए पनि विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल कायमै रहेको हो ट्रन्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा नेपालको अवस्थामा दुई स्थान सुधार आएको छ । नेपाल ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ…

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने
निकासखबर संवाददाता | काठमाडौं, ३० असोज, २०८० ।

दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

२० अंकले घट्यो सेयर बजार
५ पुस, २०८० ।

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । बुधबार ५ अंकले बढेको नेप्से आज २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० को बिन्दुमा बजार बन्द भएको हो ।आज २३ कम्पनीको सेयर भाउ बढेको छ भने २१० को घटेको र ४ कम्पनीको सेयर मुल्य स्थिर छ । जसमध्ये दुई कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिनको कारोबारमा भगवति हाइड्रो पावर र मिड शोलुको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने हाथवे इनभेष्टमेन्टको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।त्यस्तै २९२ कम्पनीको सेयर कारोबार हुँदा १ अर्ब ७० करोड रुपैयाँको आज सेयर किनबेच भएको छ ।