अर्थ–बित्त

सन नेपाल लाइफको आईपीओ बाँडफाँट
निकासखबर संवाददातासन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २३९ रुपैयाँमा साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथामा सहभागी गराएर…

सर्वसाधारणलाई सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुला
काठमाडौं, १५ भदौ २०८० ।सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ । त्यस्तै,…

माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक
काठमाडौं, १३ भदौ २०८० ।माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार विहान (भदौ १३ गते) बसेको संचालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्तावसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

स्थानीय तहको पैसा बैंकको निक्षेपमा आए कर्जा लगानी बढ्छ : बैंकर्सं संघ
निकासखबर संवाददातास्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि कर्जा लगानी हुन समस्या परेको बैंकर संघले उल्लेख गरेको छ । संघले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ भनेर ढुक्क भएर लगानी गर्ने अवस्था स्थिति नरहेको उल्लेख गरे । ‘हामीले निक्षेपको ब्याजदर निर्धारणमा सहमति हटाएकै समयमा सरकारले पनि स्थानीय तहको कोषमा रहेको रकम निक्षेपमा गणना गर्ने व्यवस्था हटायो । जसले गर्दा तरलता व्यवस्थापनमा समस्या पर्यो ।’ अध्यक्ष केसीले भने । अहिले स्थानीय तहको कोषमा ९० अर्ब हाराहारी रकम रहेको छ । कम्तीमा यो रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने सुविधा…

सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ भदौ २१ देखि खुल्दै, ५० रुपैयाँ प्रतिकित्ता भर्न पाइने
काठमाडौं, ११ भदौ २०८० ।हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०५ अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा गर्ने भएको हो । जसमध्ये कम्पनीले ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट समेत गरिसकेको छ । बाँकी २४ लाख २७ हजार…