अर्थ–बित्त

अब कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने
काठमाडौ, १९ भदौ २०८० ।प्राइभेट कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन् । मंगलबार धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डले दुई वर्षको कारोबार रेकर्ड भएका प्राइभेट कम्पनी पब्लिक हुनासाथ आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको हो । ‘साबिकमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीको हकमा पब्लिक लिमिटेड कम्पनीको रूपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्नेछैन’ संशोधित नियमावलीमा उल्लेख छ । यसअघि पब्लिकमा रूपान्तरण भएको एक आर्थिक वर्षपछि मात्रै आईपीओ प्रक्रियामा जान पाउने व्यवस्था थियो । त्यस्तै धितोपत्र बोर्डले व्यवसाय…

प्रधानमन्त्री प्रचण्डको भ्रमणको उपलब्धि, भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने
काठमाडौ, १९ भदौ २०८० ।नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषदले निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्न बाटो खुल्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका ्क्रममाआयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित हुनु नेपाली विद्युत व्यापारका लागि निकै महत्वपूर्ण हुनेछ ।

डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न १५ दिने अल्टिमेटम
काठमाडौ, १७ भदौ २०८० ।नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिन भित्र तिर्न उपभोक्तालाई सूचना जारी गरेको छ । महसुल बुझाउन पटक-पटक पत्राचार गरेपनि लामो समयसम्म महसुल नतिरेपछि १५ दिनको अल्टिमेटम दिँदै प्राधिकरणले ग्राहकहरुलाई सूचना जारी गरेको हो । प्राधिकरणले आइतबार सूचना जारी गर्दै पटक-पटक वितरण केन्द्रहरुबाट बक्यौता महुसल तिर्न पत्राचार गरेको तर धेरैले हालसम्म महसुल नबुझाएको जनाएको छ । प्राधिकरणले महसुल नबुझाएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियामली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौ, १७ भदौ २०८० ।साताको पहिलो दिन आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने प्रति तोला १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

डिम्याट नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने
काठमाडौ, १७ भदौ २०८० ।डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका छन् । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने निर्णय कार्यान्वयनमा लगेसँगै लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका हुन् । सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको २०८० भाद्र १५ गते देखि मेरो शेयर समेत रोक्का राख्ने यसअघि नै जानकारी दिएको थियो । मेरो शेयर रोक्का भएसंगै अब लगानीकर्ताले आईपीओ वा हकप्रदमा आवेदन दिन डिम्याट खाता पनि अनिवार्य नविकरण गर्नु पर्नेछ । यसअघि दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले डिम्याट खाता नविकरण नगरि मेरो शेयर मात्रै नविकरण गर्दै आएका थिए । त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको…