अर्थ–बित्त
भदौ १९ देखि आइपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा
काठमाडौं, १० भदौ २०८० ।काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा भदौ १९ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्काशन गर्न लागेको हो ।…
धेरै बैंकिङ प्रोडक्टबारे बैंकरलाई नै थाहा छैन् : गभर्नर अधिकारी
काठमाडौं, १० भदौ २०८० ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारण मात्रै नभई व्यवसायी र बैंकरलाई पनि रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले बैंकका धेरै पोड्क्टबारे व्यवसायी साथै स्वयं बैंकरलाई समेत जानकारी नभएको बताए । बैंकले प्रदान गर्ने सेवा तथा प्रोडक्टबारे सही जानकारी भए मात्रै सही छनोट र निर्णय गर्न सकिने भन्दै गर्भनर अधिकारीको भनाई छ । उनले पछिल्लो समय बैंकिङ सेवामा डिजिटल कारोबार बढेर गएको भन्दै वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई बढाउन आवश्यक रहेको बताए । गभर्नर अधिकारीले आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि हस्ताक्षर गरेको नोट फ्रेममा सिमित भएमा खुसी हुने बताएका…
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने
काठमाडौं, १० भदौ २०८० ।नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बिक्री गर्न लागेको हो । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ। बोलकबोल प्रक्रियाबाट…
सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं, १० भदौ २०८० ।माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इच्छुक आवेदकले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीको सेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम…
आन्तरिक ऋण उठाउन १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं, ८ भदौ २०८० ।नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बिक्री गर्न लागेको हो । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ। बोलकबोल प्रक्रियाबाट…