संघीय खबर

उपराष्ट्रपति निर्वाचनको मतपत्र सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं ।निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । निर्वाचन आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । मतपत्रमा उमेदवारको नाम र फोटो रहेको छ । मतपत्रको पहिलो नम्बरमा नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेकी अष्टलक्ष्मी शाक्य, दोस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेकी प्रमिला यादव, तेस्रो नम्बरमा जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झा र चौथो नम्बरमा जसपाका तर्फबाट उमेदवार बनेका रामसहाय यादवको नाम र तस्बिर छ । प्रमिलाले रामसहायलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय भएको बताइसकेकी छिन् । निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदहरूका लागि छुट्टाछुट्टै मतपत्र रहनेछ । संघीय सांसदहरूले सेतो पृष्ठभूमिमा गुलाबी रङ…

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका  छन् ।  नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए । उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना…

गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीेले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, “ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मुलभूत रुपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ ।” ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो । “सबैका मागलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन,…

नेम्वाङ एमालेको संसदीय दलको उपनेता नियुक्त
निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमबार संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् । अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए । यसअघि ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिएका थिए ।

पौडेलले दिए पार्टी र सांसदबाट राजीनामा
निकासखबर संवाददाता

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा दिएका छन् । आइतबार उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन् । राष्ट्रपति पदमा गत बिहीबार फागुन २५ गते निर्वाचित भएसँगै प्रतिनिधि सभा सदस्यको पद स्वतः रिक्त हुने सम्बन्धी जानकारी उनले गराएका हुन्। ‘यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा म निर्वाचित भएको विदितै छ। नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने भएकोले सो व्योहोरा जानकारी गराउँदछु,’ उनको राजीनामा पत्रमा लेखिएको छ। उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। यस्तै आइतबार नै उनले नेपाली कांग्रेसबाट पनि राजीनामा दिएका थिए ।…