संघीय खबर

पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । पद्मोदय माध्यमिक विद्यालय, काठमाडौंको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने–‘शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ ।’ शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्ष समेत भएको प्रधानमन्त्रीको भनाई थियो । देशको जनशक्तिले राष्ट्रियस्तरमा मात्रै नभएर विश्वबजारको प्रतिस्पर्धामा अग्रता हासिल गर्न राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिनुपर्ने प्रधानमन्त्री…

१८ क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध
निकासखबर संवाददाता

काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताभएका मध्य १८ वटा क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल निर्विरोध भएको छ । देशका विभिन्न स्थानमा रहेका क्याम्पसहरूमा १८ सभापति सहित स्ववियु अखिल क्रान्तिकारीको प्यानल विजयी भएको हो । हाल सम्म स्ववियु सभापति सिहत निर्विरोध भएका क्याम्पसहरूमा सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा निर्विरोध भएका छन् । आजै भएको मनोेनयन दर्तामा सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी, चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की निर्विरोध भएका छन् । यसैगरी बन्गाड क्याम्पस,…

ठुलो मान्छेले काम गर्नै हुन्न भन्ने मानसिकता भत्काउनुपर्छ: पर्यटन मन्त्री सुदन किराँती
निकासखबर संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् । शनिबारबाट सुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गरे । आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने उनको भनाइ थियो। मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश…

ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थाल्याेः सञ्चार मन्त्री रेखा शर्मा
निकासखबर संवाददाता

काठमाडा  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताएकी छन् ।   ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको प्रयोग अत्यधिक बढे पनि यससम्बन्धी आवश्यक ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थालेकाले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको बताएकी हुन् । संसारभरि बनेका प्रविधि नेपालमा प्रयोग गरिए पनि यसको प्रयोगसम्बन्धी नीति र कानुनको अभाव देखिएकाले आफ्नो मन्त्रालयलेले कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको पनि उनले बताइन् । ‘साइबर सुरक्षासम्बन्धी नीति २०७६ मा बनाएर २०७८ मा…

माओवादी पृष्ठभूमी भएका ८ दलको पत्रकार सम्मेलन
निकासखबर संवाददाता

काठमाडौं । माओवादी पृष्ठभूमी भएका ८ दलहरु संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। माओवादी पृष्ठभूमी भएका ८ दलको संयुक्त पत्रकार सम्मेलन फागुन २८ गते दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने माओवादी केन्द्रद्धारा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ।