संघीय खबर

मन्त्री मोदीसँग तीन आयोगका अध्यक्षको भेट
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीसँग तीन आयोगका अध्यक्षले संयुक्त भेट गरेका छन् । शुक्रबार मन्त्रालयमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मन्त्री मोदीसँग भेट गरेका हुन् । भेटका क्रममा आयोगका अध्यक्षहरुले सरकारले ल्याउन लागेको संघीय निजामती ऐनको सन्दर्भमा चासो राखे । निजामती ऐन ल्याउँदा समावेशी समानुपातिकताको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुको जोड थियो । “संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा हुनुहुन्छ भन्ने सुनेर हामी आएका हौँ” भेटका क्रममा मन्त्री मोदीसँग आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले भने, “ऐन ल्याउँदा समावेशी समानुपातिकको मुल मर्म र…

पूर्व माओवादीहरूको बैठक बालुवाटारमा
निकासखबर संवाददाता

काठमाडौं । पूर्व माओवादीहरूको बैठक बसी रहेको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले ८ वजे बैठक सुरू भएको हो । बैठकमा सशस्त्र द्वन्द्वकालीन मुद्दा तथा सङ्क्रमणकालीन न्यायको बारेमा छलफल भइरहेको छ । सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १०१ महिला सम्मानित
निकासखबर संवाददाता

काठमाडौं ।  वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक महिलाहरूलाई सम्मान गरेको छ । फागुन २४ गते होटल हायात प्लेसमा आयोजना भएको कार्यक्रममा आइसिटी क्षेत्रमा योगदान गर्ने १०१ महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गरेकी थिइन्  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा अतिथिको रुपमा सांसद सुमना श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट, यूएन वुमनकी अन्जना वैद्य, आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल…

रास्वपा रामचन्द्रको पक्षमा उभिने
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान जारी रहँदा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी रहेको छ । स्रोतका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने जनाएको छ । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् । बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा ह्विप नलगाई स्वविवेक प्रयोग गर्न दिनेबारे पनि छलफल चलाएका छन् । संसद्को पाँचौँ ठूलो दल राप्रपाले मतदानमा भाग नलिने निर्णय गरिसकेको छ भने नेपाल मजदुर किसान पार्टीले पनि निर्वाचनमा सहभागिता नजनाउने निर्णय गरेको छ ।

सुरू भयाे राष्ट्रपति निर्वाचन, आठ सय ८१ मतदाताले मतदान गर्दै
निकासखबर संवाददाता

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि हुने मतदानमा ८८१ जना मतदाता रहेका छन् । आजको निर्वाचनमा संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र ७ वटै प्रदेशका सांसदहरु मतदाताको रुपमा रहने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार संघीय संसदका सांसदहरु ३३१ र प्रदेश सभाका सांसदहरु ५५० जना गरी जम्मा ८८१ मतदाताले राष्ट्रपति निर्वाचनमा मतदाताको रुपमा सहभागी हुन पाउने छन् । आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।