पूर्व माओवादीहरूको बैठक बालुवाटारमा

निकासखबर संवाददाता

काठमाडौं । पूर्व माओवादीहरूको बैठक बसी रहेको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले ८ वजे बैठक सुरू भएको हो ।

बैठकमा सशस्त्र द्वन्द्वकालीन मुद्दा तथा सङ्क्रमणकालीन न्यायको बारेमा छलफल भइरहेको छ । सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित