संघीय खबर

परिवर्तनलाई उल्टाउने षड्यन्त्रकाे हामी सशक्तप्रतिवाद गछौंः देवेन्द्र पौडेल
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए,’ उनले भने, ‘त्यसैको संकेतका रुपमाअदालतको प्रकरण बुझ्न सकिन्छ  यसको लागि हामीले प्रतिवाद गछौं ।’ २०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोल्टिक भाषा भएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे ।  ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’ भाषाहो, अदालतमा लैजानु गम्भीर क्रुटि हो,’ उनले भने,‘हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद…

शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरूद्ध माओवादी घटक एक हुने
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरू भेला सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरू सहभागी रहेका थिए । यसअघि सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा आइतबार यी नेताहरु एउटै मञ्चमा देखा परेका थिए । बैठकमा पार्टी एकता, द्वन्द्वकालीन घटनाका सन्दर्भमा पछिल्लो समयमा भइरहेका…

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध
निकासखबर संवाददाता

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म…

बालुवाटरमा आठदलीय गठबन्धन बैठक सुरू
निकासखबर संवाददाता

काठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । याे सिहत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएपछि  बैठकले संयुक्त धारणा समेत बनाउने बताइएकाे छ ।  बैठकमा सर्वोच्चको मुद्धाका अलवा राष्ट्रपतिको चुनाव, सरकार विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिसकेका छन् । अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै…

बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौँः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।” उनले भने “अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ। म…