परिवर्तनलाई उल्टाउने षड्यन्त्रकाे हामी सशक्तप्रतिवाद गछौंः देवेन्द्र पौडेल

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए,’ उनले भने, ‘त्यसैको संकेतका रुपमाअदालतको प्रकरण बुझ्न सकिन्छ  यसको लागि हामीले प्रतिवाद गछौं ।’

२०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोल्टिक भाषा भएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे ।  ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’ भाषाहो, अदालतमा लैजानु गम्भीर क्रुटि हो,’ उनले भने,‘हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद गछौं’ शान्ति प्रक्रियाका विषयहरु टुंग्याउन माओवादीहरु एक ठाउँमा आउनु विकल्प नभएको उनको भनाइछ ।

अहिले प्रचण्ड र माओवादी माथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी विदेशी शक्तिहरु लागि परिरहेको बताउँदै पूर्व माओवादीहरु एक ढिक्का हुुनुपर्ने बताए ।  ‘माओवादी आन्दोलनमा भएका साथीहरु एक ठाउँमा हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामी छुटिँदा हाम्रा मुद्धाहरु कमजोर भए गम्भीर समिक्षा गरेर अघि बढ्छौं ।’
विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरुले न्यायलयलाई प्रभावितपार्ने काम भएको उनले आरोप लगाएका छन् ।  ‘शान्ति प्रक्रियामा भूमिकै नभएकाले न्यायलयलाई प्रभावितपार्न खोजेका छन्,’ उनले भने, ‘बृहतशान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको छैन ।’  माओवादी आन्दोलन र तत्कालीन ७ दलबीचभएको सहमति विपरित केहीतत्वहरुले अहिलेको प्रणालीको मजालिइरहेको बताउँदै हिजो भएका सहमतिलाई उल्लंघन गर्नु गम्भीर गल्ती भएको बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले कामगर्न ढिलाई भएको बताउँदै सहमति भएका मुद्दा उल्टाउनुले देशलाई गृहयुद्धतिर धकेलिएको बताए ।  ‘द्धन्द्धकालीन मुद्धा टुंग्याउन ढिला भएका छन्,’ उनले भने,‘तीनैलाई आधार मानेर अराजक तत्वहरुले देशलाई फेरि द्धन्द्धमा धकेल्ने षड्यन्त्र गरिरहेका छन्यसको प्रतिवादका लागि सम्पूर्ण माओवादी एकठाउँमा हुनआवश्यक छ ।’ वृहत शान्ति सम्झौतमा हस्ताक्षर गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका खेल्ने दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ ।

संक्रमणकालिन न्यायका मुद्धा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत चाँडै यी विषय टुंग्याइने बताए ।राजतन्त्र फर्काउन कहिले कञ्चनपुर कहिले झापाबाट गम्भीर प्रकारका वक्तव्य र क्रियाकलाप भइरहेको बताउँदै देशलाई गृहयुद्धतिर धकेल्ने र राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए । ‘न्यायपालिकालाई सम्मान गछौं, व्यक्ति र व्यक्तित्वले हमलादिएर देशमा भएको सहमतिलाई उल्लंघन गर्न खोजिएको छ त्यसको सबै ठाउँबाट सशक्त प्रतिवाद गछौं’ उनले भने ।माओवादी पार्टी नभइविचार, आन्दोलनर दृष्किोण भएकाले अहिलेको संविधान जारी भएको बताए ।

मंगलबार द्धन्द्धकालीन सम्बन्धी मुद्धाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्त तातिएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडी लगायतले मंगलबार रिटदायर गरेका हुन् ।

मा प्रकाशित