सुरू भयाे राष्ट्रपति निर्वाचन, आठ सय ८१ मतदाताले मतदान गर्दै

निकासखबर संवाददाता

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि हुने मतदानमा ८८१ जना मतदाता रहेका छन् । आजको निर्वाचनमा संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र ७ वटै प्रदेशका सांसदहरु मतदाताको रुपमा रहने निर्वाचन आयोगले जनाएको छ ।

जसअनुसार संघीय संसदका सांसदहरु ३३१ र प्रदेश सभाका सांसदहरु ५५० जना गरी जम्मा ८८१ मतदाताले राष्ट्रपति निर्वाचनमा मतदाताको रुपमा सहभागी हुन पाउने छन् ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

मा प्रकाशित