उपराष्ट्रपति निर्वाचनको मतपत्र सार्वजनिक

निकासखबर संवाददाता

काठमाडौं ।निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । निर्वाचन आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । मतपत्रमा उमेदवारको नाम र फोटो रहेको छ ।

मतपत्रको पहिलो नम्बरमा नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेकी अष्टलक्ष्मी शाक्य, दोस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेकी प्रमिला यादव, तेस्रो नम्बरमा जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झा र चौथो नम्बरमा जसपाका तर्फबाट उमेदवार बनेका रामसहाय यादवको नाम र तस्बिर छ । प्रमिलाले रामसहायलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय भएको बताइसकेकी छिन् ।

निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदहरूका लागि छुट्टाछुट्टै मतपत्र रहनेछ । संघीय सांसदहरूले सेतो पृष्ठभूमिमा गुलाबी रङ र प्रदेश सांसदहरूले सेतो पृष्ठभूमिमा हरियो रङको मतपत्रमा मत प्रदान गर्नेछन् ।

उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदै छ ।

 

मा प्रकाशित