संघीय खबर

देबेन्द्र पौडेलको प्रश्नः के राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताए । सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत रहेको र मिलेर जाने भन्ने अहिलेको जनमत भएको भन्दै उनले राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नु पर्यो ? भनेर प्रश्न गरे । सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ?” उनले प्रश्न गरे । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या…

सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेमकिपा सांसद सुवालको आपत्ति
निकासखबर संवाददाता

काठमाडौं । नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ‘सभामुखको एउटा न्युज आएको छ । एमाले, कांग्रेस, माओवादीजत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे, सभामुख महोदय त्यसरी यहाँबाट व्यक्त नभएको हुनुहुपर्छ । मैले पनि त्यो भ्वाइस सुनेको हो । यहाँको होइन होला सभामुख महोदयको । त्यो हुनुहुँदैन यस्तो अभिव्यक्ति,’ सुवालले भने, ‘बोल्नुपर्छ संसदमा । कति लाख खर्च हुन्छ…

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैनः नेता केसी
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताएका छन् । बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उनको भनाइ थियो । सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताए । भावनात्मकरूपमा महिला भएको…

आम सञ्चार क्षेत्र सुधार सुुझाव समिति गठन
निकासखबर संवाददाता

काठमाडौं । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा महासंघका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र बरिष्ठ पत्रकार बबिता बस्नेत रहेका छन् । समितिले आगामी आइतवारदेखि काम थाल्ने भएको छ । काम थालेको तीस दिनभित्र प्रतिवेदन बुुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ । समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति…

उपराष्ट्रपति पुन निजी निवासमा
निकासखबर संवाददाता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्  । उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सर्नुभएको उहाँको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए  । निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्ने छन्  ।