देबेन्द्र पौडेलको प्रश्नः के राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?

निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताए ।

सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत रहेको र मिलेर जाने भन्ने अहिलेको जनमत भएको भन्दै उनले राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नु पर्यो ? भनेर प्रश्न गरे । सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ?” उनले प्रश्न गरे ।

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या समाधान गर्न अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको जनाउँदै उनले त्यही लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको विषय उठाउनु परेको प्रष्ट पारे ।

उनले फेरि पनि यो देशमा सहमतिको आवश्यकता रहेको बताउँदै जनताको जनमत जोगाएर पाँच वर्ष टिकाउनका लागि दल एकताबद्ध हुनु जरुरी रहेको बताए । पाँच वर्षसम्म या सांसद सकुशल जोगाएर देशको यावत् समस्या समाधान गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नु परेको बताए ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय सहमतिबाट भागेर नभई मिलेर देशका समस्या समाधान गर्न आह्वान गर्दै उनले वर्तमान सरकारलाई विश्वासको मत दिन सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।

मा प्रकाशित