प्रदेश खबर

प्रदेश १ को नामकरणका विषयमा एमाले अध्यक्ष ओलीले खेले मुखः कोशी राख्नु पर्छ
निकासखबर संवाददाता

झापा। पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्न सुझाब दिएका छन् । यो प्रदेशमा आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको पानी बग्ने कोशीले सबैलाई समेट्ने र यो नै प्रदेशको पहिचान बन्ने भन्दै उनले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गरेका छन् । उनले किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने तर्क राखेका छन् । शनिबार प्रेस चौतारी नेपाल प्रदेश एकको प्रथम अधिबेशनलाई झापाको बिर्तामोडमा संबोधन गर्दै एकाले अध्यक्ष ओलीले माओवादी केन्द्रले जातीय पहिचानका नाममा साजमा बिग्रह सृजना गरेको पनि…

महोत्तरीमा आगलागी हुँदा डेढ करोडको क्षति
निकासखबर संवाददाता

महोत्तरी । महोत्तरी जिल्लामा आगलागी हुँदा डेढ करोड रकम बराबरको क्षति भएको छ । जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज९शनिबार० बिहान पाँचवटा पसलमा आगलागी भएको हो । आगलागी सर्वप्रथम मटिहानी नगरपालिका७ बस्ने भोलाकुमार महतोले चलाउँदै आइरहेको सीता किराना पसलमा भएको थियो । प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी भएको हो । महतोको किराना पसलसँगै टाँसिएर रहेका अरू विभिन्न पसलमा पनि आगो सल्किँदा डेढ करोड बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । करिब दुई घन्टापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । मटिहानीमा बारुणयन्त्र…

आज सुखानी शहीद स्मृति दिवस
निकासखबर संवाददाता

काठमाण्डाै । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनको ४९ वर्ष पसरा भएको हो । झामा यसवा कम्युनिष्टहले गरको २०२८ को आन्दोलनलाई इतिहासकारले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् । झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो । त्यही…

माओवादी केन्द्र ओखलढुंगाको संयोजक निशान्त शर्मा
निकासखबर संवाददाता

ओखलढुंगा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता निशान्त शर्मा ओखलढुंगा जिल्ला संयोजक बनेका छन् । चिशंखु गढी गाउँपालिकाका अध्यक्ष समेत रहेका शर्माले पार्टीको संयोजकको जिम्वेवारी पाएका हुन् । प्रदेश सदस्यहरुले लगाएको जिम्मा अनुसार विहिबार शर्मालाई ओखलढुंगाको जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । माओवादी केन्द्र प्रदेश नं. १ समिति तथा जिल्लाका प्रदेश सदस्यहरुले जिल्ला नेतृत्वको टुङ्गो लगाउन नसक्दा जिल्ला संयोजक तोक्ने जिम्मा अध्यक्षलाई दिईएको थियो। शर्मालाई जिल्ला संयोजक तोकेको विषयमा पार्टी केन्द्रवाट आधिकारीक सर्कूलर भने जिल्ला पार्टी कार्यालयलाई उपलब्ध भै नसकेको जिल्ला पार्टीले जनाएको छ । जिल्ला संयोजकको जिम्मेवारी तोकेसँगै जिल्ला ईञ्चार्ज तथा सहईञ्चार्जको समेत टुङ्गो लगाउने काम चाँडै…

राप्रपा नेपालले तोक्यो मधेस र गण्डकी प्रदेश प्रमुख
निकासखबर संवाददाता

काठमाडौं। राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको हो । पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ भने युवा संगठनको फागुन २१ गते, महिला संगठनको २४ गते र युवक मोर्चाको २८ गते घोषणासभा मार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ । संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताएको छ ।