प्रदेश खबर

तनहुँको दमौली आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
निकासखबर संवाददाता

काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । एउटा हार्डवेयर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरी, स्थानीयले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

जनकपुरमा गोली चल्दा एक जना घाइते
निकासखबर संवाददाता

जनकपुर । जनकपुरमा शनिबार मध्य राती गोली चल्दा एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिए। मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५–७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएकोरायको भनाइ छ । साथीहरू एकआपसमा कुरा गरीरहेको अवस्थामा एक्कासी कुरा नमिलेपछि एक जनाले गोली चलाएको र उनको चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको…

एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने थापाको चेतावनी
निकासखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुने चेतावनी दिएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले शनिबार यस्तो बताएका हुन् । उनले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने र एमालेले अवरोध गरीराख्ने हो भने अव संसद विघटन भएर देश अर्ली ईलेक्सनमा जाने बताए । कम्युनिस्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउँदै उनले कम्युनिस्टहरू असफल भएकै कारण कांग्रेसको हातमा सत्ता आएको बताएका थिए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने भन्दै थापाले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी समेत गरे ।

कांग्रेस सप्तरीको चुनावमा मतपत्र च्यातियो, चुनाव स्थगित
निकासखबर संवाददाता

सप्तरी। नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान रोकिएको छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो । सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो । मतपत्र च्यातेर दुवै पक्षबीच बिवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको छ।

उपचारको क्रममा ज्यान गुमाएकी राउत शव दुई दिनपछि परिवारले जिम्मा लिए
निकासखबर संवाददाता

उदयपुर । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । मृतकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् । पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म…