प्रदेश खबर

सोह्रखुट्टेमा स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला
निकासखबर संवाददाता

काठमाडाैं । काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रावासभित्र एक विद्यार्थी मृत फेला परेका छन् । पाँच कक्षामा पढ्ने १४ वर्षीय अभिषेक तामाङ मंगलबार राति मृत फेला परेका हुन् । धादिङ घर भएका तामाङ स्कुलको होस्टेलमा कोठाभित्र कराँतेको बेल्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ।

माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु
निकासखबर संवाददाता

सिन्धुपाल्चोक  ।  सिन्धुपाल्चोककाे चाैतारा-संगाचाेकगढी नगरपालिका -४ छापमा गएराति भएकाे माेटरसाईकल दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ ।  राति अन्दाजी १२ बजे छापबाट नाैविसे तर्फ जाँदै गरेकाे बा ४५ प ५५४१ नम्बरको माेटरसाइकल दुर्घटना भएकाे हाे। दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोक चाैसा नपा ११ का अमन माझी र बलेफी गापा वडा नम्बर २ का प्रदीप माझी रहेका छन्  । माेटरसाइकल सडकबाट झण्डै ५ सय मिठर तल खसेकाे र दुबै जनाकाे घटनास्थलमै मृत्यु भएकाे वाड नम्बर ४ का अध्यक्ष कुमार शर्माले जानकारी दिए । माेटर साइकल वडा नं. ४ कुविण्डे स्थित शनि डाँडाको भिरबाट खसेकाे हाे ।

भिरबाट लडेर आमा–छोराकाे मृत्यु
निकासखबर संवाददाता

काठमाडाैं ।  धादिङमा भिरबाट लडेर आमा–छोराकाे ज्यान गएकाे छ । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमवार हिजाे घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवैजनाको  उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

भाेजपुरकाे मानेभञ्याङमा खानेपानीकाे हाहाकार
निकासखबर संवाददाता

भोजपुर । उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय सम्स्यामा परेका हुन् । पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाए पछि स्थानीय आक्रोशितसमेत भएका छन् । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन् । समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले महसुलवापतको रु ११ लाख बढी रकम नतिरेको…

सिन्धुलीमा सर्पले डसेर दाजु–भाइको मृत्यु
निकासखबर संवाददाता

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको…