प्रदेश खबर

अबैध सामान सहित तीनजना प्रहरी नियन्त्रणमा
निकासखबर संवाददाता

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-५ बाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउपालिका-६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर-५ का ४२ बर्षीय अरुण यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर-५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा को. १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित प्रहरीले उनीहरुाई पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय…

अझै भेटीएनन् ‘सीटीईभीटी’का वेपत्ता कर्मचारी
निकासखबर संवाददाता

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ । सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आइतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार गोलन्जोर गाउँपालिका –७ लौकुनमा शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को बा १ झ ७४६७ नम्बरको जीप सुनकोसी नदीमा खस्दा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर…

सोलुखुम्बुको जनताले संघीयताको प्रत्याभूती गर्न पाएका छैनन्ः सांसद शेर्पा
निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा ‘कज्र्याङ’ले सोलुखुम्बुको जनताले प्रदेश राजधानी विराटनगरबाट संघीयताको प्रत्याभूती गर्न नपाएको बताएका छन् । प्रदेशसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शेर्पाले सोलुखुम्बुका जनतालाई संघीय राजधानी काठमाडौं जानुभन्दा दुईगुणा बढि समय प्रदेश राजधानी विराटनगर आउन समय र खर्च लाग्ने भएकाले संघीयताको प्रत्याभुत गर्न नपाएको बताएका हुन् । ‘सोलुखुम्बुका जनतालाई राजधानी काठमाडौं जानुभन्दा विराटनगर आइपुग्न दुई गुणा बढि समय, दुई गुणा बढि खर्च र तीन गुणा बढि कष्ट बेहोरेर विराटनगर आइपुग्न बाध्य छन्,’ सांसद शेर्पाले भने, ‘सोलुको जनताले मेरो प्रदेश मेरो प्रदेश राजधानी र मेरो प्रदेश सरकार भन्ने प्रत्याभूती, गौरव कहिले गर्न पाउनु पर्ने…

भरतपुरमा बालेनकै शैलीमा उत्रिइन् रेनु, अवैध संरचना हटाउन सुरु
निकासखबर संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन् । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन्…

मेलाम्चीकाे पानी काठमाडाैं पठाइयाे
निकासखबर संवाददाता

सिन्धुपाल्चोक। मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो। हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।