प्रदेश खबर

प्युठान जीप दुर्घटना : मृतकमध्ये ७ जनाकाे पहिचान खुल्यो
निकासखबर संवाददाता

काठमाडौं, ३० जेठ । प्युठानको भिंग्रीमा सोमबार कार दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये सात जनाकाे पहिचान खुलेको छ । एक जनाकाे भने पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास रहेका छन् । त्यस्तै दाङकै गढवा गाउँपालिका वडा नं. ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिएका छन् । कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमाल रहेका छन् ।…

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
निकासखबर संवाददाता

मुगु । माछा मार्न खोलामा करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल…

बसकाे ठक्करबाट स्कुटर चालकको मृत्यु , आक्रोशित स्थानीयले लगाए बसमा आगो
निकासखबर संवाददाता

विराटनगर । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् । मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर बाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए । चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ को टंक प्रसाद सुबेदी इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

परिवारकै कारण बाल श्रमिक बन्न बाध्य छन् : अभियान्ताहरु
पुष्पा महरा

काठमाडाैं,  जेठ २५ । समाजसेवा तथा मानवअधिकार संस्था ‘वुमन एन्ड चिल्ड्रेन इन सोशल सर्भिस एण्ड ह्युमन राइट्स’ (सिभिस) को तर्फबाट श्रमिक बालबालिकाका समस्या तथा त्यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘बालश्रम निवारणका सम्बन्धमा नेपालको लक्ष्य, प्रगति र चनौती विशेयक’ प्यानल छलफल कार्यक्रममा सहभागीहरुले बालश्रम न्यूनीकरण तथा बालअधिकारका बारेमा अगामी दिनहरुमा कसरी जाने भनेर छलफल गरेका छन् । नेपालमा आज पनि बालश्रमिकको संख्या उल्लेख्य रहेको र धेरै श्रमिक बालबालिका आफ्नो कार्यक्षेत्रमा अमानवीय हिंसाको सिकार भएप्रति सरोकारवालाहरुले दुःख व्यक्त गरेका छन् । बाल श्रमविरुद्ध कानुनहरु निर्माण भएपनि त्यो कार्यान्वयन हुन नसक्दा अझै पनि बालश्रमिकहरुको…

निर्माणाधीन बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र
निकासखबर संवाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ । यहाँ निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो । सप्तरीस्थित सघन सहरी विकास भवन निर्माण कार्यालय राजविराजले हेर्ने गरी विसं २०७६ असारमा निर्माण कम्पनी रमण आइएसएनवी जेभी कन्स्ट्रक्सन प्राली जनकपुरसँग सम्झौता भई निर्माण सुरु गरिएको भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनियर सचिन्द्र देवले जानकारी दिए । भ्याट करबाहेक १२ करोड ४९ लाखमा उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम थालेको चार वर्ष हुन लाग्दा अहिलेसम्म भवन निर्माण अलपत्र रहेको…