प्रदेश खबर

नौमुर जलविद्युत आयोजनाको ८२ प्रतिशत रकम फ्रिज
अर्घाखाँची, १२ भदौ २०८० ।

लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९/८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ । १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा रु एक करोड १८ लाख ७६ हजार खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताए । चालु खर्चतर्फ रु एक करोड ८५…

भुटानको ड्रुक एयरले पोखरा उडान भर्ने
पोखरा, ११ भदौ २०८० ।

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ०का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ड्रुक एयरको न्यारोबडी जहाजले चार्टर्ड उडान भर्ने जानकारी दिए । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको आश्वासन दिएको प्राधिकरण जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने
काठमाडौं, ८ भदौ २०८० ।

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवद्र्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए । ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै…

धादिङको छहरा नजिकै यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो
धादिङ, ६ भदौ २०८० ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकाको छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बिहान सबा ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा
चन्दा कार्की

चितवन, ५ भदाै, २०८० । नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा आएको छ । सोमबार राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । इच्छाकामना- ६, चितवनस्थित टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अबरुद्ध भएको थियो । पहिरो पन्छाएर १ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका यातायात गन्तव्य तर्फ लाग्न शुरु गरेका छन् । कालिखोला नजिक पहिरोले सिङै डाडाँ नै सडकमा खस्दा झण्डै ५० मिटर सडक पुरिएको थियो । पहिरोका कारण गन्तव्यमा हिँडेका सयौं सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र…