प्रदेश खबर

मेरो नाम लिएर पार्टीकाे दाेकान विस्तार गर्ने काम नगर्नूः हर्क ‘सम्पाङ’ राई
निकासखबर संवाददाता

काठमाडौं । सुनसरीकाे धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफू कुनै पनि राजनीतिक दलसँग निकट नरहेको प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू कुनै पार्टीमा नरहेकेा प्रष्ट पारेका हुन् । आफू कुनै दल निकट नरहेकाे भन्दै उनले आफ्नो नाम लिएर पार्टी विस्तारको काम नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्- ‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कुनै पार्टी नजिक छैन ।’ उनले आफ्नो नाम बेचेर लाभ लिने काम नगर्न पनि आग्रह गरेका छन् । हरेक विषयमा प्रष्ट बोल्ने उनले आफ्नो नाम दुरूपयोग गर्ने दल कुन हो भन्नेबारे चाहिँ…

गणतन्त्रमाथि धावा बोेल्नेलाई डाँडो कटाउने कर्णालीका मुख्यमन्त्रीको चेतावनी
निकासखबर संवाददाता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प कदापी राजतन्त्र हुन नसक्ने स्प्रष्ट पारेका छन् ।  १६औं गणतन्त्र दिवसको अवसरका कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले यस्ताे बताइका हुन् । उनले गणतन्त्रको व्यवस्थामाथि धावा बोल्नेलाई डाँडो कटाउने चेतावनीसमेत दिएका छन् । उनले भने,म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्रविहिन समाजवाद हुन् सक्छ। देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन्। यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस्। जनतालाई जिस्काउने काम कसैले नगरोस्। केहीदिन अघि बसेको कर्णाली प्रदेशसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वडामहाराजधिराज भनेर सम्बोधन गरेकी…

विराटनगरमा भएकाे दाेहाेराे झडपमा ३० जनाभन्दा धेरै घाइते
निकासखबर संवाददाता

विराटनगर । पहिचानवादी र सुरक्षाकर्मीबीच आइतबार कोसी प्रदेशसभा सचिवालयनजिकै झडप हुँदा विराटनगर रणभूमि बनेको छ । कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् । दिउँसो २ बजेका लागि बोलाइएको बजेट अधिवेशन अवरोध गर्ने गरी प्रदर्शनकारीले प्रदेशसभा भवनको सय मिटरपूर्व देवकोटा चोकमा प्रदर्शन गरेपछि झडप भएको हो । त्यसक्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ३० जनाभन्दा धेरै घाइते भएका छन् । बिहानैदेखि प्रदेशसभा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच आन्दोलनकारीले देवकोटा चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन थालेका थिए । ढुंगामुढा गर्दैै आन्दोलनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास, पानीको फोहरा र हवाई फायर गरेको थियो । प्रारम्भिक रूपमा आएको…

विराटनगरमा नामकरणको विरोधमा उत्रेका १३ जना पक्राउ
निकासखबर संवाददाता

विराटनगर ।  विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधा उत्रेका  १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको देवकोटा चोकबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ । उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका…

संसदमा आफ्नो कुरा राख्न पाइन्छः हितराज पाण्डे प्रमुख सचेतक, नेकपा (माओवादी केन्द्र)
निकासखबर संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् । उनले संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाउनु नहुने बताए । उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका…