प्रदेश खबर

स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु
निकासखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा स्कारपिओ दुर्घटना हुँदा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे १ च ७३५३ नं को स्कारपिओ अनियन्त्रित भई बाटोदेखि करिब ४०–५० मिटर तल खसी दुर्घटना भएको थियो । गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालककाे…

विष्णु रिमालले हर्क साम्पाङ सँग मागे माफी भने – धरानमै आएर श्रम गरौँला
निकासखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव विष्णु रिमालले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई बौलाहा भनेकोमा पछुतो व्यक्त गरेका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको आन्तरिक प्रशिक्षणका क्रममा आफूले सकारात्मक हिसाबले धरानका मेयरलाई बौलाहा भनेको उल्लेख गर्दै रिमालले अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्याँश सार्वजनिक हुँदा अशोभनीय सुनिएको बताएका हुन् । आफूले सकारात्मक अर्थमा भनेको शब्द अमर्यादित जस्तो लाग्न पुगेको पनि उनले उल्लेख गरेका छन् ।  हर्क साम्पाङ र बालेन साह जस्ता केही जनप्रतिनिधिले समाज र देशको लागि राम्रो गर्छु भनेर लागिपरेको उल्लेख गर्दै रिमालले आफू पनि धरानमा श्रम गर्न जान तयार रहेको बताएका छन् । के भने का थिए त…

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै
निकासखबर संवाददाता

भक्तपुर । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ । सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए । आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उनकाे भनाइ छ । यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भ¥याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ…

प्रहरी र मिडियाले दोषी करार गर्दैमा दाेषी हुँदैनः कांग्रेस सभापति देउवा
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठको आरोपमा पक्राउ परी हाल हिरासतमा रहेका नेता बालकृष्ण खाँणको बचाउमा नलागेको भन्दै असन्तुष्टि पोखेका छन् । सभापति देउवालाई भेट्न मंगलबार उनको धुम्बाराहीस्थित निवास पुगेका खाँणनिकट युवा नेता, केन्द्रीय सदस्य, सांसदले पार्टीको भूमिकाप्रति आक्रोस पोखेका हुन् । स्रोतका अनुसार, खाणँ पत्नी मञ्जुले आफ्नो श्रीमानलाई फसाइँदासमेत पार्टीले केही नगरेको गुनासो गरेकी थिइन् । शरणार्थी प्रकरणमा प्रहरीको निगरानीमा रहेको सूचना चुहिएपछि पक्राउ परेका आफ्ना श्रीमान्लाई समेत भेट्न नगएर फरार मञ्जु केही दिनअघिबाट मात्र सार्वजनिक कार्यक्रममा देखिएकी थिइन् । प्रहरीले पक्राउ नगर्ने निश्चित भएपछि अस्ट्रेलिया पुगेकी…

मधेश प्रदेश सरकार विस्तार, तीनजना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
निकासखबर संवाददाता

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी भए। कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ…