प्रदेश खबर

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
निकासखबर संवाददाता

बाजुरा । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

ब्राउन सुगर सहित १ जना पक्राउ
निकासखबर संवाददाता

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१७ ईस्लामपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । भारत बाट नेपाल तर्फ आउदै गरेका साईकल यात्री बिराटनगर महानगरपालिका-१८ का ३० बर्षीय शुसिल मण्डललाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । प्रहरीले शंका लागि चेकचाँज गर्दा उनको साथबाट १२ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनकलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरील जनाएकाे छ ।

बझाङ हिम पहिरो एकको मृत्यु, दुई घाइते र दुईजना बेपत्ता
निकासखबर संवाददाता

कैलाली । बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये एक जनाको शव फेला परेको, अन्य २ जना घाइते भएको र २ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिम पहिरोमा परि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्ने क्रममा एक जनाको शव फेला परेको अन्य २ जना घाइते र अन्यको खोजी भइरहेको प्रहरी नायव…

गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी
निकासखबर संवाददाता

काठमाडौं । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ । २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष पूरा भएकाले गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ । जसमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौं महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्रांकित विशिष्ठ श्रेणीका अधिकृतकहरु,…

बुद्धको जहाज भित्र मुसा भेटियो
निकासखबर संवाददाता

काठमाडौं । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो । आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ । आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान थालिने समेत बुद्धको भनाइ छ । बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत…