प्रदेश खबर

नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्दैनः  ओली
निकासखबर संवाददाता

काठमाडाैं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन् । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको  नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधिसभामा सुरु भएको छलफलका क्रममा उनले यो नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । उनले नीति तथा कार्यक्रम पुनःलेखन गर्न माग गरे । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रमले १५औँ पञ्चवर्षीय कार्यक्रमकोसमेत समीक्षा गर्न नसकेको बताए । उनले भने, “१५औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो…

धनगढीमा एक डाक्टर मृत फेला
निकासखबर संवाददाता

धनगढी। धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन्। उनी आफ्नो घरमा मृत भेटिएकी हुन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको बताए। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
निकासखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ सिँवाका सन्दिप तामाङ रहेका छन् । बिहीबार राति मैवाखोला गाउँपाकिला १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेका छन् । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने
निकासखबर संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुरको घटना राजनीतिक भएको बताएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरी लगायतलाई रिहाई गर्नुपर्ने बताएका हुन्। उनले यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने घोषणासमेत गरे। उनले नाउपाले जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गर्ने बताए । भण्डारीले त्यति बेलासम्म पनि माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरे। भण्डारीका अनुसार रेशम चौधरी हत्यारा हुन…

जिपको ठक्करबाट बालकको मृत्यु
निकासखबर संवाददाता

मकवानपुर। मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ।