प्रदेश खबर

अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा…

ओखलढुंगाको मोलुङ गाउँपालिका कृषि शाखा प्रमुख पक्राउ
निकासखबर संवाददाता

ओखलढुंगा । ओअलढुंगाको मोलुङ गाउँपालिका कृषि शाखा प्रमुख पक्राउ परेका छन् । बाल यौन दुरुपयोगको आरोप लगेका मोलुङ गाउँपालिकाका कर्मचारी तथा कृषि शाखा प्रमुख विनोद कटवाललाई प्रहरीले पक्राउ गरेको हो। कृषि शाखामा कार्यरत अधिकृत छैठौं कट्वालविरुद्ध बाल यौन दुरुपयोगको अभियोगमा बैशाख २६ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपछि फरार रहेका कट्वाललाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। कट्वालमाथि १६ वर्षीया बालिकालाई घरमै बोलाएर यौन दुर्व्यवहार गरेको आरोप छ । पीडिको तर्फबाट बालिकाकी आमाले उजुरी दर्ता गरेकी हुन् । छोरीमाथि दुर्व्यवहार गरेको विषय उठाउँदा…

शरणार्थी प्रकरणः बाहिरिए तीन भिडियो क्लिप
निकासखबर संवाददाता

काठमाडौं । आङटावा शेर्पाले नक्कली भुटानी शरणार्थी बनाउन कागजपत्र तयार गर्दाको सन्दर्भका तीन भिडियो क्लिप पीडितहरूले उपलब्ध गराएका छन् । पहिलो भिडियो क्लिपमा आङटावा आफैँ देखिन्छन् भने उनको सामुन्ने केही युवा छन् । पीडितका अनुसार युवाहरू नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरू हुन् । उक्त भिडियो ललितपुरकै बखुन्डोलस्थित बिगमार्टसँगै रहेको टिड्लट्स रेस्टुरेन्टमा जम्मा हुँदाको हो । पीडितका अनुसार भिडियो ३ मे २०२२ मा खिचिएको हो । त्यस्तै, आङटावाले सानेपामा खोलेको दोस्रो लटको कार्यालयमा नेपाली युवाहरू जम्मा भएको अर्को भिडियो छ, जहाँ शेर्पा भने देखिएका छैनन् । उक्त भिडियो आँखाको रेटिनाको फोटो र फिंगर प्रिन्ट लिन लाइनमा बस्दाको समयको भएको पीडितले बताए । युवाहरू बसेकोभन्दा अर्को कोठामा रेटिनाको…

डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा नतिरी ढकाल सम्पर्क विहीन
निकासखबर संवाददाता

डडेल्धुरा । प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ । उनले विगत आठमहिना देखीकाे भाडा नतिरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ । महिनाको तीन हजारका दरले काेठँ भाडामा लागएकाे र सुरुका तीन महिनाको भाडा नौ हजार दिए पनि  असोजदेखिको आठ महिनाको बाँकी रहेकाे उनले बताइन् । पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर सम्पर्क विहीन भउकाे उनकाे आराेप छ । भाडा नतिरे प्रहरीकोमा निवेदन दिने…

पक्राउ परेका रायमाझीकाे संसद पद निलम्बीत हुने
निकासखबर संवाददाता

काठमाडौं । भुटानी शरणार्थी सम्बन्धी ठगी मुद्दाको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ। उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी दिए पछि उनकाे पद निलम्बनमा पर्ने भएकाे हाे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन विचौलियसँग मिलेर पैसा असुल गरेको आरोपमा फरार रहेका उनी आइतबार राति बुढानिलकण्ठबाट पक्राउ परेका थिए । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रायमाझीलाई म्याद थपका लागि सोमबार अदालत लगिँदै छ । एमालेका सचिवसमेत रहेका उनी मंसिरमा भएको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका हुन् । उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी दिए सांसद पद निलम्बित हुने संसद सचिवालयका…