अर्थ–बित्त

सेयर बजार दोहोरो अंकले बढ्यो, हाइड्रोमा लगानीकर्ताको आकर्षण
काठमाडौं, २ असोज २०८० ।

मंगलबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १६.२४ अंकको वृद्धिपछि नेप्से १९८५.४३ अंकमा कायम भएको छ । कारोबार रकम भने १ अर्ब १७ करोड ६६ लाख ८० हजार पुगेको छ । यसअघि सोमबार ८७ करोड ४ लाख र आइतबार २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने १० कम्पनीको स्थिर रहृयो । आज शुभम पावरको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै थ्रीस्टार हाइड्रो, मेन्छियम हाइड्रो, बलेफी हाइड्रो, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य ९ प्रतिशतभन्दा बढीले…

हाथवेको आईपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौं, १ असोज २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको कम्पनीको आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुनेछ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन…

एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं, २७ भदौ २०८० ।

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २७ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

नेप्से सुचक ३९ अंकले बढ्यो
काठमाडौं, २७ भदौ २०८० ।

यस साताको अन्तिम तथा चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से सुचक बढेको छ । साताको शरुवाती दिन आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से मंगलबार १९ अंकले घटेको थियो । आज नेप्से सुचक ३९।.अंकले बढेर २ हजार २.०६ को बिन्दुमा बन्द भएको हो । आज २७५ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५।७७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुनेमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ…

दोहोरो अंकले घट्यो सेयर बजार सुचक, १९१ कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौ, २६ भदौ २०८० ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से आज १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ ५७ बिन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको सेयर मूल्यमा कमी आउँदा ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर भाउ स्थिर रहेको छ । आज शुभम पावरको सेयर मुल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावर लिमिटेडको शेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । आज…