अर्थ–बित्त

सूर्योदय वोमी लघुवित्तले पौने ४७ लाख रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्ने
काठमाडौं, २५ भदौ २०८० ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले ४६ लाख ७३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम अर्ब माथि
काठमाडौं, २४भदौ २०८० ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १०.२३ अंकले बढेर १ हजार ९ सय ४२.६८ विन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सुर्योदय वोमी लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सुभम पावरको सेयर मुल्य ९।९९ प्रतिशत, ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक कारोबार भएको हिमाल दोलखा हाइड्रोपावर शेयरमूल्य सबैभन्दा धेरै प्रतिशत अर्थात ७.८१ प्रतिशतले घटेको छ । आज यस कम्पनीको…

स्थापनाको १२ वर्ष : लगानी बोर्डले र्गयो ४२ परियोजनामा साढे १२ खर्ब लगानी
काठमाडौँ, २२ भदौ २०८०।

लगानी बोर्डले स्थापनाको १२ वर्षको अवधिमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्दा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन गरेको छ । ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । शुक्रबार बोर्डको १२ वर्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी स्वीकृत गरेका आयोजनाको बारेमा जानकारी दिएका हुन् । यस अवधिमा लगानी बोर्डले स्वीकृत गरेका प्रतिदिन ६ हजार टन उत्पादन क्षमता रहेको होङ्सी शिवम् सिमेन्ट र ३ हजार टन प्रतिदिन उत्पादन क्षमताको हुवासिन सिमेन्ट सहित कुल ५ खर्ब २५ अर्ब…

एकैसाथ ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
काठमाडौं, २० भदौ २०८० ।

नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन् । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६…

अब कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने
काठमाडौ, १९ भदौ २०८० ।

प्राइभेट कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन् । मंगलबार धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डले दुई वर्षको कारोबार रेकर्ड भएका प्राइभेट कम्पनी पब्लिक हुनासाथ आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको हो । ‘साबिकमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीको हकमा पब्लिक लिमिटेड कम्पनीको रूपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्नेछैन’ संशोधित नियमावलीमा उल्लेख छ । यसअघि पब्लिकमा रूपान्तरण भएको एक आर्थिक वर्षपछि मात्रै आईपीओ प्रक्रियामा जान पाउने व्यवस्था थियो । त्यस्तै धितोपत्र बोर्डले व्यवसाय…