अर्थ–बित्त
१४.२ केजीभन्दा बढी तौलको ग्यास सिलिण्डर प्रयोग नगर्न निगमको आग्रह
काठमाडौं, ४ असोज २०८० ।नेपाल आयल निगमले १४.२ केजी बढी क्षमताका सिलिण्डर प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता सिलिण्डर प्रयोग गर्नु गैरकानुनी भएको भन्दै आमउपभोक्तालाई निगमले एक सुचनामार्फत अनुरोध गरेको छ । त्यस्तै ग्यास भरी बिक्री वितरण गरेमा कारवाही गर्ने चेतावनी समेत निगमले दिएको छ । ग्यास उद्योगहरुले १४.२ केजी क्षमताभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डरमा एलपी ग्यास बिक्री वितरण गरेको पाइएको भन्दै निगमले उक्त विक्री वितरण कार्य तुरुन्त बन्द गर्न भनेको हो । निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।
सेयर बजारमा उत्साह, ४४ अंकले बजार बढ्दा सबा ३ अर्बको कारोबार
काठमाडौं, ४ असोज २०८० ।साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४४.३४ अंकले बढेर २ हजार २९.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता खरिदा बिक्रीबाट ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख, तथा शिवम सिमेन्टको १० करोड ५२ लाखको कारोबार भएको छ ।
आजको विनिमयदर, कुन मुद्राको मुल्य कति ?
काठमाडौं, ३ असोज २०८० ।नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ…
फेरि बढ्यो ब्रोइलर कुखुराको मासुको मुल्य
काठमाडौं, ३ असोज २०८० ।ब्रोइलर कुखुराको मासुको मुल्य फेरि बढ्ने भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ । बैठकले जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो । अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम भएको छ । भदौ २५ मा कुखराको एक किलोको मूल्य २६० रुपैयाँ रहेको थियो । भदौ २७ मा फेरि प्रतिकिलो १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेको थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ थप बढाएको हो । यसरी, जिउँदो कुखुराको मूल्य बढेसँगै…
सेयर बजार दोहोरो अंकले बढ्यो, हाइड्रोमा लगानीकर्ताको आकर्षण
काठमाडौं, २ असोज २०८० ।मंगलबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १६.२४ अंकको वृद्धिपछि नेप्से १९८५.४३ अंकमा कायम भएको छ । कारोबार रकम भने १ अर्ब १७ करोड ६६ लाख ८० हजार पुगेको छ । यसअघि सोमबार ८७ करोड ४ लाख र आइतबार २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने १० कम्पनीको स्थिर रहृयो । आज शुभम पावरको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै थ्रीस्टार हाइड्रो, मेन्छियम हाइड्रो, बलेफी हाइड्रो, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य ९ प्रतिशतभन्दा बढीले…