अर्थ–बित्त

२० अंकले घट्यो सेयर बजार
५ पुस, २०८० ।साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । बुधबार ५ अंकले बढेको नेप्से आज २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० को बिन्दुमा बजार बन्द भएको हो ।आज २३ कम्पनीको सेयर भाउ बढेको छ भने २१० को घटेको र ४ कम्पनीको सेयर मुल्य स्थिर छ । जसमध्ये दुई कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिनको कारोबारमा भगवति हाइड्रो पावर र मिड शोलुको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने हाथवे इनभेष्टमेन्टको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।त्यस्तै २९२ कम्पनीको सेयर कारोबार हुँदा १ अर्ब ७० करोड रुपैयाँको आज सेयर किनबेच भएको छ ।

जगदम्बा स्टिल्सले ६ अर्ब २ करोडको आईपीओ निष्काशन गर्ने
निकासखबर संवाददाताजगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ३०० रुपैंयामा सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

साताको तेस्रो दिन पनि घट्यो नेप्से, परिसुचक १९ सयभन्दा तल
निकासखबर संवाददातासाताको तेस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । पहिलो दिन आइतबार ३६ अंकले घटेको नेप्से सोमबार साढे १२ अंक र आज मंगलबार १९.०६ अंकले घटेर १ हजार ८ सय ८९.५९ को बिन्दुमा आइपुगेको छ । आज १९३ कम्पनीको सेयर मुल्य घटेको छ भने ३१ को बढेको छ र ९ कम्पनी सेयर मुल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको तेस्रो कारोबार दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । आज २८२ कम्पनीको १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ ३२ पैसाको सेयर कारोबार भएको थियो । सोमबार बजारमा १ अर्ब…

दोहोरो अंकले घट्यो नेप्से सुचक, कारोबारमा पनि कमी
निकासखबर संवाददातासाताको दोस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । आइतबार ३६ अंकले घटेको नेप्से सुचक सोमबार १२।५८ अंकले घटेर १ हजार ९ सय ८।६६ विन्दु कायम भएको छ । आज सुचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार बजारमा १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो । त्यसैगरी सोमबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्यमा गिरावट र १० वटाको सेयर मूल्य स्थिर छ ।

गभर्नर महाप्रसाद अधिकारी र सिबिफिनवीच छलफल
काठमाडौं, ९ असोज २०८० ।समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायहरुका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो । उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष…