अर्थ–बित्त

साइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्दै, बोलकबोल कहिले ?
निकासखबर संवाददाता

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ । सेयर बिक्रीका लागि बैंकले शुक्रबार बोलकबोलमार्फत गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेस गर्ने लगानीकर्ताहरुले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनु पर्ने हुन्छ । एनआइसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था छ । न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ । सेयर खरिदका लागि…

घट्यो प्याजको भाउ, अन्य तरकारीको मुल्य कति छ ?
काठमाडौं, ८भदौ २०८० ।

शुक्रबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजानिक गरेको मुल्य सुची अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रति किलो ७८ रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ७३ रुपैयाँ कायम गरिएको छ । बिहीबार प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको थियो । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसंगै कालिमाटी फलफुल तथा तरकारी बजारमा प्याज भित्रिएको थिएन । जसका कारण कालिमाटीमा केही दिन प्याज नभित्रिदाँ मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन । त्यस्तै शुक्रबार…

दोहोरो अंकले घट्यो नेप्से सुचक
काठमाडौं, ७ भदौ २०८० ।

साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.५२ अंकले घटेर २ हजार १३.९३ विन्दुमा बन्द भएको हो । बिहीबार २७५ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ५५ करोड ५ लाख बराबरको सेयर किनबेच भएको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । त्यस्तै मैलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने प्रतिशतका आधारमा सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै कारोबारका आधारमा सोल्टी…

दुईदिन पछि तोकियो प्याजको मुल्य, आज कति छ ?
काठमाडौं, ७ भदौ २०८० ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्याजको मूल्य तोकेको छ । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णयसंगै कालिमाटी फलफुल तथा तरकारी बजारले प्याज नभित्रिएको भन्दै दुई दिनयता मूल्य सूचीबाट हटाएको थियो । आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो । जसअनुसार आज कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार ६२ रुपैयाँ प्रतिकिलो र सोमबार किलोमा १८ रुपैयाँ बढाएर मुल्य सुची राखिएको थियो । मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन ।

भिजन लुम्बिनीलाई आईपीओ निष्काशनको अनुमति
काठमाडौं, ७ भदौ २०८० ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ ५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल  रहेको छ । कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाटको सेति नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।