अर्थ–बित्त

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब उत्पादनमूलक उद्योगले ४ करोडसम्म पाउने (पूर्णपाठ)
काठमाडौं, ११ भदौ २०८० ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उत्पादनमुलक उद्योगले ३ करोडसम्मको चालुपूँजी कर्जा प्रयोग गर्दा मार्गदर्शन लागु नहुने व्यवस्था गरेको छ । संशोधित मार्गदर्शन अनुसार अब उत्पादनमूलक उद्योगले अधिकतम ४ करोडसम्म चालु पुँजी कर्जा पाउने भएका छन । राष्ट्र बैंकले उत्पादनमुलक उद्योगलाई ४ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने व्यवस्था गरेको हाे । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने…

भदौ १९ देखि आइपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा
काठमाडौं, १० भदौ २०८० ।

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा भदौ १९ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्काशन गर्न लागेको हो ।…

धेरै बैंकिङ प्रोडक्टबारे बैंकरलाई नै थाहा छैन् : गभर्नर अधिकारी
काठमाडौं, १० भदौ २०८० ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारण मात्रै नभई व्यवसायी र बैंकरलाई पनि रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले बैंकका धेरै पोड्क्टबारे व्यवसायी साथै स्वयं बैंकरलाई समेत जानकारी नभएको बताए । बैंकले प्रदान गर्ने सेवा तथा प्रोडक्टबारे सही जानकारी भए मात्रै सही छनोट र निर्णय गर्न सकिने भन्दै गर्भनर अधिकारीको भनाई छ । उनले पछिल्लो समय बैंकिङ सेवामा डिजिटल कारोबार बढेर गएको भन्दै वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई बढाउन आवश्यक रहेको बताए । गभर्नर अधिकारीले आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि हस्ताक्षर गरेको नोट फ्रेममा सिमित भएमा खुसी हुने बताएका…

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने
काठमाडौं, १० भदौ २०८० ।

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बिक्री गर्न लागेको हो । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ। बोलकबोल प्रक्रियाबाट…

सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं, १० भदौ २०८० ।

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इच्छुक आवेदकले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीको सेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम…