अर्थ–बित्त

सन नेपाल लाइफको आईपीओ बाँडफाँट
निकासखबर संवाददाता

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २३९ रुपैयाँमा साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथामा सहभागी गराएर…

सर्वसाधारणलाई सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुला
काठमाडौं, १५ भदौ २०८० ।

सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ । त्यस्तै,…

माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक
काठमाडौं, १३ भदौ २०८० ।

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार विहान (भदौ १३ गते) बसेको संचालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्तावसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

स्थानीय तहको पैसा बैंकको निक्षेपमा आए कर्जा लगानी बढ्छ : बैंकर्सं संघ
निकासखबर संवाददाता

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि कर्जा लगानी हुन समस्या परेको बैंकर संघले उल्लेख गरेको छ । संघले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ भनेर ढुक्क भएर लगानी गर्ने अवस्था स्थिति नरहेको उल्लेख गरे । ‘हामीले निक्षेपको ब्याजदर निर्धारणमा सहमति हटाएकै समयमा सरकारले पनि स्थानीय तहको कोषमा रहेको रकम निक्षेपमा गणना गर्ने व्यवस्था हटायो । जसले गर्दा तरलता व्यवस्थापनमा समस्या पर्यो ।’ अध्यक्ष केसीले भने । अहिले स्थानीय तहको कोषमा ९० अर्ब हाराहारी रकम रहेको छ । कम्तीमा यो रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने सुविधा…

सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ भदौ २१ देखि खुल्दै, ५० रुपैयाँ प्रतिकित्ता भर्न पाइने
काठमाडौं, ११ भदौ २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०५ अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा गर्ने भएको हो । जसमध्ये कम्पनीले ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट समेत गरिसकेको छ । बाँकी २४ लाख २७ हजार…