अर्थ–बित्त

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने
निकासखबर संवाददाता

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ । दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका ५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । बिहीबार यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हाल समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड ८४ लाख रहेको छ ।

प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ, भदौ १५ देखि भर्न पाइने
काठमाडौं, ६ भदौ २०८० ।

सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा एनआईएमबि एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले…

सर्वसाधारणका लागि भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला
निकासखबर संवाददाता

काठमाडौं, ५ भदाै, २०८० । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिनको लागि छिटोमा भदौ ८ गतेसम्मको…

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठसहित)
निकासखबर संवाददाता

काठमाडौं, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार राष्ट्रिय सभा गृहमा महानगरको २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन् । महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन् । यस अन्तर्गत चालुतर्फ रु.८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ रु. १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन…

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी
निकासखबर संवाददाता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको छ । भारतबाट तरिकारी भित्रिँदा किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको हो । मोतीपुरका किसान राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उामा अलिकती पनि उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भएको छ । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आएको उनी बताउँछन् । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।” उनले…