शेयर बजार दोस्रो दिन पनि लाग्याे उकालाे
आर्थिक परिवेश संवाददाता

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको छ । पछिल्लो समय लगातार रुपमा घटिरहेको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको हो । सोमबार पनि शेयर बजार परिसूचक १७ दशमलव ७० अंकले बढेको थियो । मंगलबार शेयर बजार परिसूचक १२ दशमलव १० अंकले बढेर १९१८ दशमलव १० विन्दुमा पुगेको छ । मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेचबाट १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ । सोमबार १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार…

विाटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप, विराटनगर तनावग्रस्त
आर्थिक परिवेश संवाददाता

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । रोडशेष चोकमा आन्दोलनकारी र प्रहरीको झडपका कारण विराटनगर बजारक्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्रमा पसेर प्रहरीको घेरा तोड्न खोजेकोले बल प्रयोग गरिएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताए । प्रदेश सांसद सहभागी हुने कार्यक्रमस्थल बिग होटल घेराउ गर्न आन्दोलनकारी पुगेका थिए । उनीहरूले प्रहरीको घेरा तोड्दै होटलमा तोडफोडसमेत गरेका छन् । आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।विराटनगरमा पहिचानवादीको आन्दोलनलाई ध्यान दिँदै स्थानीय प्रशासनले चैत पहिलो साताबाट निषेधित क्षेत्र तोकेको छ ।…

विराटनगरमामा सांसदहरूलाई आन्दोलनकारीको जुत्ता प्रहार
आर्थिक परिवेश संवाददाता

काठमाडौं । कोशी प्रदेशको नामकरणको विरोधमा लगातार पदर्शन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा पुनः आन्दोलन थालेको छ । आज विराटनगरका विभिन्न स्थानमा आन्दोलनकारीहरुले प्रदर्शन सहित आन्दोलन सुरु गरेका हुन् । प्रदर्शनकारीले विराटनगरको बिग होटेल समेत घेराउ गरेका छन् । होटलमा ​सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन सांसदहरू पुगेका कोहीका सांसदहरुलाई उनीहरुले घेराउ गरेका छन् । उनीहरूले सांसदहरुलाई नाराबाजीसहित जुत्ता समेत प्रहार गरेका छन् । शुरू भएको कार्यक्रममा सांसदहरु सहभागि भएपनि संघर्ष समितिका कार्यकर्ताहरू त्यही होटेल घेराउ गरी रहेका छन् । उक्त होटलअगाडि मुठभेडको स्थिति सिर्जना हुन नदिन यतिबेला कडा सुरक्षा…

खुकुरी प्रहार गरी वृद्धको हत्या
आर्थिक परिवेश संवाददाता

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो । श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरु…

मेयर बालेनविरुद्ध सुकुम्वासीको प्रदर्शन
आर्थिक परिवेश संवाददाता

काठमाडौं। सुकुम्वासीहरूले आज पनि काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आन्दोलन जारी राखेका छन् । उनीहरूले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिरहेका छन्। संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध माइतीघर मण्डलासम्म विरोध प्रदर्शन भइरहेको छ।   उनीहरूले पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिरहेका छन्।