
काठमाडौं। सुकुम्वासीहरूले आज पनि काठमाडौँ महानगरपालिकाको कदमविरुद्ध आन्दोलन जारी राखेका छन् । उनीहरूले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिरहेका छन्।
संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध माइतीघर मण्डलासम्म विरोध प्रदर्शन भइरहेको छ।
उनीहरूले पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिरहेका छन्।

