प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । सरकार विस्तारको विषयमा उनीहरुबीच महत्वपूर्ण छलफल भएको प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उहाँनीरुबीच भेट भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी भएका थिए ।
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिनुभएको र सो मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताए । सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानुनको मस्यौदा तयार गरेको र सो विधेयकलाई संसद्मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको हो । यससम्बन्धी कानुन ‘फास्ट…
सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिएका हुन् । हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ । मागअनुसार चालक अनुमतिपत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उनको भनाइ छ । अहिले दैनिक छ हजार चालक अनुमतिपत्रको माग छ । तर दैनिक चार हजार अनुमतिपत्र मात्र छपाइ हुँदै आएको छ । अझै आठ लाख अनुमतिपत्र छाप्न…
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
आर्थिक परिवेश संवाददाताकाठमाडौं । हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियती जस्तै थियो । छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए । सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन । तर, यसपटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने उनीहरुको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियमित चासोपछि यसपटक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना बढेर गएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको…
गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार
आर्थिक परिवेश संवाददाताकाठमाडौं । पर्सामा गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्ने मधेशी आयोगले गृहमन्त्रालयलाई पत्रचार गरेको छ । आयोगले पर्साको विरगंज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको हो । हिन्दु परिषद् नेपालका केन्द्रिय सदस्य अरुण झाले संचालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक संजाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारवाही गर्नको लागि उजुरी दर्ता गराएका थिए । सो उजुरी प्राप्त भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारवाही गर्न पत्राचार गरेको आयोगले जनाएको छ । आयोगका…

