देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिए । भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन प्रयास भइरहेको बताए । मन्त्रालयका सचिवसहितका पदाधिकारीको सहभागितामा भर्चुअल प्रणालीबाट…

दाेहाेराे अंकले बढ्यो सेयर बजार
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १७.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९ सय ६ अंकमा पुगेको छ । कुल १ अर्ब ३८ करोडको कारोबार भयो । १६७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रहृयो । समग्र बजार बढ्दा पनि अधिकांश लघुवित्त कम्पनीहरुको मूल्य घट्यो ।  बैंकिङ ३, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४७, जलविद्युत् ४३, जीवन बीमा १९४, उत्पादन ९९, निर्जीवन बीमा १२६, अन्य १४ र ब्यापार उपसमूह २६ अंक बढे । माइक्रोफाइनान्स उपसमूह भने १७ अंक घट्यो । सुपर मादी, एसियन हाइड्रो र कालिन्चोक दर्शनको मूल्य १०…

आहा ! रोग लाग्नै नदिने स्वास्थ्य शिक्षाको पढाई सुरु गराउदै प्राबिधिक विश्विद्यालय
आर्थिक परिवेश संवाददाता

विराटनगर । रोग लागेर जिवभरि कमाएको धनरासी खर्र्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । कोसी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो । विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्याल गर्दै दक्ष जनशक्त्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा सुभाषश्री पोखरेलले बताए । नेपालमै प्राकृतिक…

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए । नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो । पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेका छन् । प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान…

बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी
आर्थिक परिवेश संवाददाता

बाँके । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए । पूर्वतिर जस्तो समस्या आफुहरुकहाँ नदेखिएको उनकाे भनाइ छ । प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए । मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह…