सिटि होटल १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्दै
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सिटि होटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो । होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको…

दीपेन्द्रजी ! कसरी भनुँ हार्दिक श्रद्धाञ्जली !
टंक पन्त

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेशन म्यानेजर अनन्य मित्र  दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैलाई पत्यार लागेको छैन, तर सत्य हो उहाँ रहनुभएन भन्नु परेको छ । १५ दिन अगाडि अफिसमा सँगै चिया खाएको तर अर्को दिन ब्रेन हेम्रेज भएको पीडादायी खबर मित्र दोङको श्रीमती चाादनी मेडमले सुनाउँदा पनि पत्याउन गाह्रो भएको थियो किनकि  अघिल्लो दिन जनता टेलिभिजन नजिकै कर्नरमा  चिया खाँदासम्म कुनै संकेत पनि  थिएन । बिहान घरमा खाने बेला भयो खाना पस्किँदै गर म बाथरुम गएर आउँछु  भनेर बाथरुम पस्नुभएका दीपेन्द्र २० मिनेटसम्म ननिस्किएपछि चाँदनी मेडम बाथरुमको ढोका ढकढक्याउन जानुभयो, तर्सिएलान् भनेर ढिलोढिलो गरी ढोका  ढक्ढकाउँदै गर्दा…

प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुखघिमिरेबीच भेटवार्ता
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । सभामुखको अधिकार कटौती गर्न कार्य व्यवस्था समितिको परामर्श चलिरहेका बेला प्रधानमन्त्री र सभामुखको भेट भएको हो ।

अटो दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो
आर्थिक परिवेश संवाददाता

रुकुम । रुकुम पश्चिममा भएको अटो दुर्घटनामा घाइते भएकामध्ये तीनजनालाई बाँकेको कोहलपुर पठाइएको छ । मुसिकोट नगरपालिका–५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको हो । जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार अटो चालक रोशन बिष्ट, मुसिकोट– ३ की वडा सदस्य खीमा खड्का र मुसिकोट–१४ की सरिता ओली बिष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगिएको हो । रोशन र खीमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । सरिताको अवस्था भने…

मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन मन्त्रालयको निर्देशन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।  मन्त्रालयले खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।  मन्त्रालयले सम्बन्धित स्थानीय तहहरुलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाईएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर…