
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।
सभामुखको अधिकार कटौती गर्न कार्य व्यवस्था समितिको परामर्श चलिरहेका बेला प्रधानमन्त्री र सभामुखको भेट भएको हो ।

