अपराधिक गतिविधि नियन्त्रण र बिपदको पूर्व तयारी गर्न मन्त्री श्रेष्ठको निर्देशन
आर्थिक परिवेश संवाददाता

काभ्रे । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बिपदको पूर्व तयारी र अपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।  आज काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालको टिमसहित मन्त्री श्रेष्ठले सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न, नदिजन्य पदार्थको चोरी निकासी रोक्नको लागि प्रभावकारी कदम चाल्न निर्देशन दिए । काभ्रे कारागारका कैदि बन्दीहरुको दैनिकी जीवन, राज्यले दिएको सुविधा सहित अतिरिक्त आवश्यकताका बारेमा समेत जानकारी लिएका थिए । अनुगमनका क्रममा मन्त्री…

बागमती प्रदेशका १५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा
आर्थिक परिवेश संवाददाता

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । चैत्र ५ बाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएको खण्डमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी…

सत्तारुढ दश दलको बैठक सुरु
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सत्तारुढ दश दलको बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बसेकाे हाे । बैठकमा सत्तारुढ दलका शिर्ष नेताहरु सहभागि भएका छन् । बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना रिहा भएका छन् । गत चैत ७ गते प्रधानमन्त्रीविरुद्ध नारा लगाएको आरोपमा पक्राउ परेका उनीहरू धरौटीमा रिहा भएका हुन् । उनीहरू जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर आज मंगलबार रिहा भएका हुन् । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। ७ चैतमा काठमाडौँको बानेश्वरबाट प्रचण्डबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा ३ जनाले…

पहिचानको आन्दोलनमा विराटनगरमा एकदर्जन बढी घाइते
आर्थिक परिवेश संवाददाता

विराटनगर । विराटनगरमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच भएको करिब एक दर्जनबढी घाइते भएका छन् । कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा एक दर्जन आन्दोलनकारी घाइते भएका छन् । सो क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३–३ जना घाइते भएका मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार आन्दोलनकारीका तर्फबाट कति घाइते भन्ने एकिन भइसकेको छैन । आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको उनको भनाइ छ । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही…