
विराटनगर । विराटनगरमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच भएको करिब एक दर्जनबढी घाइते भएका छन् । कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा एक दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
सो क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३–३ जना घाइते भएका मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार आन्दोलनकारीका तर्फबाट कति घाइते भन्ने एकिन भइसकेको छैन ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको उनको भनाइ छ । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चोक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।
बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेर सासदहरुमाथि नै आक्रमण प्रयास गरेका थिए ।

