साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय पक्राउ
आर्थिक परिवेश संवाददाताकाठमाडौं । भारतको दिल्ली लैजान लागेको साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय पक्राउ परेका छन् । उनीहरूलाई लागू औषध नियन्त्रण व्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको व्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लागेको लागू औषधसहित एक जना र अर्का ठमेलस्थित एक होटलबाट पक्राउ परेका थिए ।
काठमाडौँमा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०० बढी अभिकर्ता प्रशिक्षित गरेको छ । काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा सो संख्यामा अभिकर्ता प्रशिक्षित गरेको हो । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा दिइएको प्रशिक्षण करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनील जनाएको छ । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक लार्ई कार्यक्रम आयोजना गरिएको बिमा कम्पनीले बताएको छ । किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न…
घरघर पसेर मिटरब्याज पिडीतका आफन्त कुट्दै मिटरब्याजी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । काठमाडौमा मिटरब्याजी पीडितहरु धर्नामा रहेको बेता पनि पारिवारीक तनाबमा छन् । उनीहरु धर्नामा रहेका बेला गाउँमा घरघरमा पसेर मिटरब्याजीहरुले उनीहरुको परिवार र आफन्त कुटीरहेको खबरले झन तनाबमा रहेका हुन् । गाउँमा आफ्नो छोरामाथि कुटपिट भएको धनुषा बर्कुर्वाकी कलशियादेवी यादवले बताइन् । उनका १६ वर्षका छोरालाई स्थानीय मिटरब्याजी अशोक सदाको परिवारले कुटपिट गरेको खबर आए पछि उनको रुवावासी भएको छ । छोरालाई झुटो मुद्दा लगाएर कुटपिट गरेको खबरले उनी मात्र हैन सबै पिडीतहरु अब आफ्नो पिवारलाई कसले के गर्नेहुन् भनेर चिन्तामा रहेका छन् । यस विषयमा अिभयन्ता कुमार बर्तौलाले सवैलाको प्रहरी चौकीमा बुझ्दा कुटपिट गर्ने बाबु छोरी र पीडित…
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बारा क्षेत्र नं २ मा कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पछि गरिने जनाइएको छ । तनहुँ९१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि र बारा९२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो…
गहुँ खेतीमा रगिन गरिँदै
आर्थिक परिवेश संवाददाताटीकापुर । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ । उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका…

