प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्केलगतै मन्त्रिपरिषद् विस्तार हुने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका नेतासँग छलफल गरेर प्रचण्ड चितवन पुगेका हुन् । चितवनमा प्रधानमन्त्रीले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यक्रममा प्रधामनन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री चितवनबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धनका दलहरूबीच मन्त्रालयको संख्या बाँडफाँटमा मोटामोटी सहमति भइसकेको छ । प्रधानमन्त्री प्रचण्ड दिउँसो ३ बजे कठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

सरकारमा सहभागी हुने दलले दिउँसाे २ वजे प्रधानमन्त्रीलाई मन्त्रीकाे नाम बुझाउने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिउँसोसम्म सबै दलले मन्त्रीको नाम बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।…

पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बताए । “महासङ्घमा सदस्यता शुद्धीकरणको मुद्दा सधैँ उठ्ने गरेकाले सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ”, उनले भने, “शाखाले नै निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ पत्रकारको समस्या र मिडियामा आर्थिक सङ्कटका…

चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली मुख्यमन्त्री
आर्थिक परिवेश संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुन चैत १७ गते विश्वासको मत लिन लागेका हुन् । उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले  बताए । प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो । मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको…